युएसएको पेस्तोलसहित महिला पक्राउ

रिपोर्ट नेपाल | 2018 Nov 29 | 04:05 pm 2016

सप्तरी, मंसिर १३  : सप्तरीको सुरुङ्गा नगरपालिकाबाट एक महिलालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । सुरुङ्गा नगरपालिका–३ भुसी महुलियास्थित फुटबल ग्राउण्डको पूर्वपट्टी खाली खेतमा बनाएको परालको झुप्रोबाट ती महिलालाई हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।

पक्राउ पर्ने सिरहाको लहान नगरपालिका–५ बस्ने ३० वर्षीया गीता सदा हुन् । उनको साथबाट मेड ईन यूएसए लेखिएको एक थान पेस्तोल र त्यसको म्यागजिन, जंगी राउन्ड एक थान, त्यसको खोका ३ थान, खुकुरी एक थान, हयाक्सो ब्लेड एक थान, सानो हथौडा २ थान, टर्च लाईट एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

विशेष सुराकीको आधारमा पक्राउ गरिएका गीताबिरुद्व जिल्ला अदालतबाट हातहतियार खरखजाना कसुरमा म्याद थप गरी अनुसन्धान कार्य शुरु गरिएको सप्तरी प्रहरीका प्रबक्रा एवं डीएसपी भावेश रिमालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.