युएई पुगेका सोनीद्वारा आफ्नै साथीहरुलाई चक्कु प्रहार, १ को मृत्यु, ३ घाइते

रिपोर्ट नेपाल | 2018 Oct 28 | 04:45 pm 2392

युएई, कात्तिक ११ : रोजगारीको लागि संयुक्त अरब इमिरेट्स (युएई) पुगेका एक महिलाले आफ्नै साथीहरुलाई चक्कु प्रहार गर्दा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । दशैं मनाउने क्रममा विवाद भएपछि नुवाकोटकी सोनी तामाङले चक्कु प्रहार गरेकी थिइन् ।

चक्कु प्रहारबाट काठमाडौंकी सिर्जना बरालको मृत्यु भएको छ भने ममता चौधरी, सलिना मगर र आशा दर्जी घाइते भएका छन् ।
सँगै काम गर्ने साथीहरुका अनुसार दसैँ मनाउने भन्दै पाँच नेपाली महिलाले सँगै बसेर रक्सी खाएका थिए । त्यसबेला उनीहरुबीच विवाद भएको थियो । विवाद भएको एक हप्ता पछि चक्कु हानाहान भएको कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिए ।

शारजहाँमा रहेको तान्जिफ्को क्लिनिङ सर्भिसेस एलएलसी कम्पनीमा काम गर्ने उनीहरुले टिकाको सबैले दशैँ मनाइरहेका थिए । दशैं मनाउने क्रममा विवाद भएको थियो । विवाद भएको एक हप्तापछि फेरी उनीहरुबीच विवाद भएपछि तामाङले चक्कु प्रहार गरेकी थिइन् ।

घाइते भएका चारै जनाको शारजहाँमा रहेको अल क्यासिमी अस्पतालमा उपचार गरिएको थियो । तर शुक्रबार रातीनै बरालको मृत्यु भएको थियो । सामान्य घाइते भएका आशा दर्जी र सलिना मगर उपचार गराएर शनिबार क्याप फर्किएका छन् भने ममता चौधरीको अवस्था गम्भिर रहेको दूतावासले जनाएको छ । चक्कु चलाउने सोनी तामाङ सहित उपचार गराएर फर्किएका सलिना र आशालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.