युएईविरुद्ध सन्दीपको उत्कृष्ट बलिङ, एकै ओभरमा लिए तीन विकेट

रिपोर्ट नेपाल | 2019 Jan 26 | 05:00 pm 2425

काठमाडौं, माघ १२ : युएईमा जारी एकदिवसीय सिरिज क्रिकेट अन्तर्गत नेपाल र युएईबीच जारीमा दोस्रो खेलमा नेपालले २४३ रनको चुनौती प्रस्तुत गरेको छ । नेपालले दिएको लक्ष्य पछ्याएको घरेलु टोलीको नेपालले छैटाैँ विकेट लिएको छ ।

उनले १४.२ र १४.३ ओभरमा लगातार दुई विकेट लिए । उनले सिपि सिजवानलाई १६ रन र फहाड नवाजलाई शुन्यमा आउट गरे । उनले यस ओभरकै छैटौ बलमा पनि आमिर आयातलाई शुन्यमा क्याच आउट गराए ।

उनले यस ओभरमा मेडनसहित ३ विकेट लिए । अहिले दुई ओभर बलिङ गरेका सन्दीपले १ रन दिँदै ३ विकेट लिएका हुन् ।
यस्तै नेपालका लागि सोमपाल कामीले उत्कृष्ट बलिङ गरेका छन् । उनले सुरूवाती ६ ओभरभित्रै चार विकेट लिएका छन् । नेपालका लागि सोमपाल कामीले चारै सफलता दिलाएका हुन् । हरेक ओभरमा विकेट लिएका सोमपालले ५ ओभरमा एक मेडनसहित १३ रन खर्चिएर ४ विकेट हात पारेका हुन् ।

एकदिवसिय श्रंखला अन्तर्गत पहिलो खेलमा ११३ रनमै अल आउट भएको नेपालले आज नेपालले सुधारियो ब्याटिङ गरेको छ । नेपालको सुरुवात राम्रो रहृयो । ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे । ओपनर ज्ञानेन्द्र मल्लले ४४, अर्को ओपनर विनोद भण्डारी २१ रन बनाए ।
तर, त्यसपछि नेपालले लगातार विकेट गुमायो । दिपेन्द्र सिंह ऐरी १०, पवन सरार्फ ८ रन, कप्तान पारस खड्का २१ रनमा आउट भए ।

कप्तान खड्का पाँचौं विकेटका रुपमा आउट हुँदा नेपालको स्कोर मात्र ११० रन थियो । तर, आरिफ शेख र रोहितकुमार पौडेलले पारी सम्हाले । दुबैले छैटौं विकेटका लागि ८२ रनको साझेदारी गरे ।

शेख २९ रनमा आउट भए भने रोहितले अर्धशतक पुरा गरे । उनले ५८ बलमा ५५ रन बनाए । उनले ७ चौका हाने ।
करण केसीले १० बलमा १८ रन बनाए । सोमपाल कामीले २ रन बनाउँदा सन्दीप लामिछाने १३ र ललित राजवंशी ३ रनमा अटआउट रहे ।
यूएईका इमरान हैदर १० ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । अमिर हायतले पनि ३ विकेट हात पारे । कप्तान मोहमद नविद, जहुर खान र अस्फाक अहमदले समान १(१ विकेट लिए ।

पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपालले सिरीज जित्ने आसा कायमै राख्न आजको खेल जित्नै पर्ने दबाब रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.