यार्सा संकलनको सुरक्षामा खटिएका प्रहरीको लेक लागेर मृत्यु

रिपोर्ट नेपाल | 2022 Jun 01 | 04:18 pm 1661

मुगु, जेठ १८ः बहुमूल्य जडीबुटी यार्सागुम्बु संकलनका लागि लेकतिर गएकाहरुको सुरक्षाका लागि खटिएका एक प्रहरीको मुगुमा लेक लागेर मृत्यु भएको छ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार मुगुको कार्मारोङ गाउँपालिका–२ ठुली कोशीरीमारमा सुरक्षार्थ खटिएका प्रहरी सहायक हवल्दार राजबहादुर सिंहको बुधबार मृत्यु भएको हो।

सोमबार लेक लागेर टाउको दुख्ने तथा स्वासप्रस्वासमा समस्या आएपछि सिंहलाई सहकर्मी प्रहरीले सिमा प्रहरी चौकी पुर्‍याएका थिए।

बुधबार थप उपभारका लागि हेलिकोप्टरमार्फत बाँकेको कोहलपुरस्थित मेडिकल कलेज पुर्‍याइएका उनको साढे २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

दैलेखका सिंह केही समयदेखि बाँकेको कोहलपुर नगरपालिका–११ बाँकेमा बस्दै आएका थिए। २०६७ सालमा प्रहरी जवान पदमा भर्ना भएर २०७७ सालदेखि जिल्ला प्रहरी कार्यालय र अन्तरगतमा मुगु जिल्लामा कार्यरत थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.