यार्चागुम्बासहित एक जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Feb 19 | 03:58 pm 2253

काठमाडौं, फागुन  ७ :  बहुमूल्य जडिबुटी यार्चागुम्बासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनका सुजन थारू रहेका छन्। थारुलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले मंगलबार भत्केपूलबाट पक्राउ गरेको हो।

उनको साथबाट प्रहरीले एक सयभन्दा बढी यार्चा, ४३ हजार नेपाली रुपैयाँ र अमेरीकन डलर समेत बरामद गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए। थारुमाथि थप अनुसन्धान भइरहेको प्रहरो प्रहरीको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.