यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते

| 2022 Jul 27 | 10:34 am 1505

नवलपरासी, साउन ११ः पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन्। आज बिहान साढे ५ बजे विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने सडकखण्डको विश्वकर्मा मन्दिर नजिक बस दुर्घटना भई आगलागी भएको हो।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख ५१०० नंको बस अनियन्त्रित भई सडकबाट उत्तरतर्फ पहाडमा ठोक्किँएको प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिए। आगलागीबाट यात्रु घाइते भएका हुन्।  घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको महर्जनले बताए।

घाइते आठ यात्रुको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज र अन्यको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.