यातायात व्यवस्था कार्यालयका इन्जिनियर २० हजार घुससहित पक्राउ

| 2018 Aug 13 | 03:16 pm 2213

बुटवल, साउन २८ : यातायात व्यवस्था कार्यालय बुटवलका इन्जिनियर २० हजार घुससहित पक्राउ परेका छन् । सोमबार सेवाग्राहीबाट घुस लिइरहेको बेला सरोजकुमार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले पक्राउ गरेको हो ।

नयाँ सवारीसाधन दर्ताका लागि साहले सेवाग्राहीबाट घुस लिन लागेको सूचनाका आधारमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.