काठमाडौँ, साउन २५ । निजी सवारीले यात्रु बोकेको विरोधमा ट्याक्सी व्यावसायीले विरोध प्रदर्शन गरेका छन् ।
आज नेपाल राष्ट्रिय मिटर व्यवसायी ट्याक्सी चालक संघको आयोजनामा करिब ३०० ट्याक्सी बाटोमा राखेर नारा लगाउँदै र बिभिन्न मागसहित बानेश्वरस्थित यातायात विभाग अगाडि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
