यातायात केन्द्रीय महासंघले बुझायो गृहमन्त्रीलाई ज्ञापनपत्र

रिपोर्ट नेपाल | 2021 Oct 28 | 03:44 pm 5345

काठमाडौं, कात्तिक ११ः गृहमन्त्री बालकृष्ण खाँणले यातायात क्षेत्रको समस्या समाधान गर्न आफू तयार भएको बताएका छन् । बिहीबार सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनालको नेतृत्वमा गएको पदाधिकारी सहितको टोलीबाट ज्ञापनपत्र बुझ्दै मन्त्री खाँणले उक्त कुरा बताएका हुन् ।

No description available.

ज्ञापनपत्र बुझ्दै मन्त्री खाँणले छिट्टै सबै सरोकारवालालाई बोलाएर छलफल गरी निकास दिन तयार रहेको बताएका थिए । ज्ञापनपत्र बुझाउँदै महासंघका अध्यक्ष खनालले यातायात दुर्घटना पश्चात् दिइने क्षतिपुर्ति नियम अनुसार हुनुपर्ने माग राख्दै ठूला दुर्घटनामा सरकारले उपचारको व्यवस्था गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

अध्यक्ष खनालले गृहमन्त्री खाँणको ध्यानाकर्षण गराउँदै पर्यटक बोक्ने बहानामा रातो प्लेटको निजी सवारी साधनले यात्रु बोक्ने गरेकोमा त्यसलाई रोक्न विशेष माग गरेका थिए ।

ज्ञापनपत्र बुझाउन महासंघका सह अध्यक्ष किरण रिजाल, बरिष्ठ उपाध्यक्ष हेमन्त शेरचन, महासचिव भरत नेपाल लगायतका प्रतिनिधि गृहमन्त्रालय गएका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.