काठमाडौं, असोज ८ : यातायातमा १० प्रतिशत भाडा वृद्धि गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले काठमाडौंमा चक्काजाम गरेको छ ।
६ असोजमा सरकार र यातायात व्यवसायीबीच १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णयको विरोध गर्दै संघले सोमबार एक घण्टा काठमाडौंको प्रर्दशनी मार्गमा चक्काजाम गरेको हो ।
चाडपर्वका बेला सर्वसाधारणलाई झनै मारमा पार्नेगरी सरकारले यातायातमा समेत भाडा वृद्धि गरेकाले त्यसको विरोधमा एक घण्टा चक्काजाम गर्नु परेको संघका केन्द्रिय उपाध्यक्ष सागर परियारले बताए। उनले सार्वजनिक यातायातको मुल्य वृद्धि र पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् ।