यस्तो छ तपाईंको साउन २७ गते शनिबारको राशिफल

| 2023 Aug 12 | 06:56 am 2033

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० साउन २७ गते शनिबार, ई.सं. १२ अगष्ट, २०२३ । तिथि- अधिक श्रावण कृष्णपक्ष एकादशी, ०८ः०८ बजेपछि द्वादशी, नक्षत्र- मृगशिरा, ०८ः४० बजेपछि आद्र्रा, योग- हर्षण, करण- वालव, चन्द्रराशि- मिथुन, सूर्योदय ५ः३३, सूर्यास्तः १८ः४३ ।

मेष : अभिभावकले ससाना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ ।

वृष : अवसरका लागि केही त्याग गर्नुपर्ला ।

मिथुन : धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला ।

कर्कट : परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।

सिंह : दाम्पत्य जीवनमा एक किसिमको निरासा आउन सक्छ ।

कन्या : सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

तुला : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

वृश्चिक : आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

धनु : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।

मकर : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट अपजश मिल्नेछ ।

मीन : सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.