ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०८० भदौ ५ गते मंगलबार, ई.सं. २२ अगष्ट, २०२३ । तिथि– श्रावण शुक्लपक्ष षष्ठी, नक्षत्र- स्वाती, योग-शुक्ल, करण- कौलव, चन्द्रराशि- तुला, सूर्योदय ५ः३८ सूर्यास्तः १८ः३४ ।
मेष : लगानीमा रहेका धनको उचित प्रतिफल आउनाले मन प्रफुल्ल हुनेछ ।
वृष : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।
मिथुन : साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ ।
कर्कट : विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।
सिंह : पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ ।
कन्या : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।
तुला : बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्याउनेछन् ।
वृश्चिक : रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ ।
धनु : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।
मकर : आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ ।
कुम्भ : पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।
मीन : स्वास्थ्यमा समस्या आउन सक्छ ।
– हिमालयटाइम्सबाट