यस्तो छ तपाईंको भदौ २६ गते मंगलबारको राशिफल

| 2023 Sep 12 | 06:41 am 2133

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० भदौ २६ गते मंगलबार, ई.सं. १२ सेप्टेम्बर, २०२३ । तिथि- भाद्र कृष्णपक्ष त्रयोदशी, नक्षत्र- अश्लेषा, योग- शिव, करण- गर, चन्द्रराशि- कर्कट, सूर्योदय ५ः४८ सूर्यास्तः १८ः११ ।

मेष : परिश्रम गरेअनुसारको उपलब्धि प्राप्त गर्न कठिनाइ हुनेछ ।

वृष : व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

मिथुन : मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना छ ।

कर्कट : पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ ।

सिंह : लगानी गरेको धनबाट शीघ्र प्रतिफल पाइने छैन ।

कन्या : रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु बेस हुनेछ ।

तुला : सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

वृश्चिक : शरीरमा आलस्य र थकानको अनुभव हुनेछ ।

धनु : मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ ।

मकर : मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।

कुम्भ : सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्न सक्छ ।

मीन : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।

(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.