यस्तो छ तपाईंको फागुन ४ गते शुक्रबारको राशिफल

| 2024 Feb 16 | 07:47 am 1205

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज वि.सं २०८० फागुन ४ गते शुक्रबार, ई.सं.२०२४ फेब्रुअरी १६ तिथि- माघ शुक्लपक्ष सप्तमी, भरणी- नक्षत्र, ब्रह्म- योग, वणिज- करण, चन्द्रराशि- मेष, सूर्योदय- ६ः४३, सूर्यास्त- १७ः५४ ।

मेष : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।

वृष : सरकारी कडिकडाउको शिकार भइनेछ ।

मिथुन : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

कर्कट : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।

सिंंह : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।

कन्या : आश्वासन दिनेहरूबाट नै धोका पाइने छ ।

तुला : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।

वृश्चिक : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।

धनु : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

मकर : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्‍याउने छैनन् ।

कुम्भ : विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन ।

मीन : अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।
(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.