यस्तो छ तपाईंको फागुन ३ गते बिहीबारको राशिफल

| 2024 Feb 15 | 07:53 am 1085

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज वि.सं २०८० फागुन ३ गते बिहीबार, ई.सं.२०२४ फेब्रुअरी १५ तिथि- माघ शुक्लपक्ष षष्ठी, अश्विनी- नक्षत्र, शुक्ल- योग, तैतिल- करण, चन्द्रराशि- मेष, सूर्योदय- ६ः४४, सूर्यास्त- १७ः५३ ।

मेष : परिश्रम गरेअनुसारको उपलब्धि प्राप्त गर्न कठिनाइ हुनेछ ।

वृष : शरीरमा आलस्य र थकानको अनुभव हुनेछ ।

मिथुन : मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।

कर्कट : पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ ।

सिंह : लगानी गरेको धनबाट शीघ्र प्रतिफल पाइने छैन ।

कन्या : मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना छ ।

तुला : सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

वृश्चिक : व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

धनु : मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ ।

मकर : रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु बेस हुनेछ ।

कुम्भ : सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्न सक्छ ।

मीन : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।
(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.