यस्तो छ तपाईंको फागुन ११ गते शुक्रबारको राशिफल

| 2024 Feb 23 | 06:58 am 845

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज वि.सं २०८० फागुन ११ गते शुक्रबार, ई.सं.२०२४ फेब्रुअरी २३, तिथि- माघ शुक्लपक्ष चतुर्दशी, अश्लेषा- नक्षत्र, शोभन- योग, वणिज- करण, चन्द्रराशि- कर्कट, सूर्योदय- ६ः३७, सूर्यास्त- १७ः५९ ।

मेष : आम्दानी नहुँदा दैनिक खर्चको लागि समस्या हुनसक्छ ।

वृष : परिवारजनमा आत्मीय भाव बढ्नेछ ।

मिथुन : श्रमको उचित मूल्यांकन नहुँदा खिन्नता हुनेछ ।

कर्कट : सन्तान र सहयोगीका माध्यमबाट सुखप्राप्ति हुनेछ ।

सिंह : आय आम्दानीका बाटाहरू साँघुरा हुनेछन् ।

कन्या : आत्मविश्वास र दृढ संकल्पले लक्ष्यप्राप्ति हुनेछ ।

तुला : रोकिएका काम सम्पादन हुनेछन् र आयआर्जनका स्रोतसमेत बढ्नेछन् ।

वृश्चिक : विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ।

धनु : लामो दूरीको यात्रामा समस्या हुने देखिएको छ ।

मकर : गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ ।

कुम्भ : प्रयत्न गर्दा यात्राको अवसर प्राप्त हुनेछ ।

मीन : प्रेममा अविश्वासको वातावरण सिर्जना हुनसक्छ ।

(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.