यस्तो छ तपाईंको कात्तिक २५ गते शनिबारको राशिफल

| 2023 Nov 11 | 08:04 am 1313

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० कात्तिक २५ गते शनिबार, ई.सं. ११ नोभेम्बर, २०२३ । तिथि- कात्तिक कृष्णपक्ष चतुर्दशी, नक्षत्र- चित्रा, योग- प्रीति, करण- वणिज, चन्द्रराशि- कन्या, सूर्योदय ६ः२२, सूर्यास्तः १७ः१२ ।

मेष : दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ ।

वृष : यात्रामा पनि झण्झट आइलाग्नेछ ।

मिथुन : पराक्रम र उत्साहमा कमी आउने छ ।

कर्कट : अतिथिका रूपमा सम्मान पाइनेछ ।

सिंह : सामान हराउने वा चोरी हुने सम्भावना छ ।

कन्या : पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।

तुला : आँटेताकेका काममा बाधा हुनेछ ।

वृश्चिक : सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

धनु : निरर्थक लगानीबाट जोगिन सकिनेछ ।

मकर : सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ ।

कुम्भ : इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ ।

मीन : आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्तिको योग छ ।
(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.