ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०८० असोज ९ गते मंगलबार, ई.सं. २६ सेप्टेम्बर, २०२३ । तिथि- भाद्र शुक्लपक्ष द्वादशी, नक्षत्र- श्रवण, ७ः४० बजेपछि धनिष्ठा, योग- सुकर्मा, करण- वव, चन्द्रराशि- मकर, सूर्योदय ५ः५४ सूर्यास्तः १७ः५५ ।
मेष : परिश्रम गरेअनुसारको उपलब्धि प्राप्त गर्न कठिनाइ हुनेछ ।
वृष : व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।
मिथुन : मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना छ ।
कर्कट : पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ ।
सिंह : लगानी गरेको धनबाट शीघ्र प्रतिफल पाइने छैन ।
कन्या : रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु बेस हुनेछ ।
तुला : सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।
वृश्चिक : शरीरमा आलस्य र थकानको अनुभव हुनेछ ।
धनु : मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ ।
मकर : मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।
कुम्भ : सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्न सक्छ ।
मीन : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।
(हिमालय टाइम्सबाट)