यस्तो छ तपाईंको असार २६ गते मंगलबारको राशिफल

| 2023 Jul 11 | 07:13 am 1765

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० असार २६ गते मंगलबार, ई.सं. ११ जुलाई, २०२३ । तिथि- श्रावण कृष्णपक्ष नवमी, नक्षत्र- अश्विनी, योग- सुकर्मा, करण- तैतिल, चन्द्रराशि- मेष, सूर्योदय ५ः १७, सूर्यास्तः १९ः०१ ।

मेष : धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

वृष : राज्य पक्षबाट अनावश्यक झै-झमेला आइलाग्न सक्छ ।

मिथुन : साथीभाइ तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ ।

कर्कट : नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ ।

सिंह : दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जानेछ ।

कन्या : भाग्यले साथ नदिँदा ठूलो प्रयत्नले पनि इष्टकाम पुरा हुन कठिन छ ।

तुला : व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

वृश्चिक : व्यापार व्यवसायमा साथीभाइ तथा आफन्तको सहयोग हुनेछ ।

धनु : लगानीबाट अपेक्षित लाभ लिन कठिन हुनेछ ।

मकर : प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ ।

कुम्भ : स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ ।

मीन : अध्ययन तथा अनुसन्धानको क्षेत्रमा वर्चस्व रहनेछ ।

(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.