यस्तो छ तपाईंको असार १५ गते शुक्रबारको राशिफल

रिपोर्ट नेपाल | 2023 Jun 30 | 09:25 am 1897

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० असार १५ गते शुक्रबार, ई.सं. ३० जुन, २०२३ । तिथि- आषाढ शुक्लपक्ष द्वादशी, नक्षत्र- विशाखा, १३ः३३ बजेपछि अनुराधा, योग- साध्य, करण- वव, चन्द्रराशि- तुला, सूर्योदयः ५ः१३, सूर्यास्तः १९ः०२ ।

मेष : लगानीमा रहेका धनको उचित प्रतिफल आउनाले मन प्रफुल्ल हुनेछ ।

वृष : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।

मिथुन : साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ ।

कर्कट : विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।

सिंह : पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ ।

कन्या : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

तुला : बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्‍याउनेछन् ।

वृश्चिक : रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ ।

धनु : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।

मकर : आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ ।

कुम्भ : पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।

मीन : स्वास्थ्यमा समस्या आउन सक्छ । (हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.