यसरी भएको रहेछ, निर्मलाको बलात्कारपछि हत्या !

| 2018 Sep 26 | 02:53 pm 2374

काठमाडौं, असोज १० : नेपाल मानव अधिकार संगठनले कञ्चनपुरमा भएको निर्मला पन्त माथिको बलात्कार र त्यसपछिको हत्याको विषयमा स्थलगत अनुगमनको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

बुधबार सार्वजनिक गरिएको प्रतिवेदनमा राज्यले इमान्दारिताका साथ अनुसन्धान गर्ने हो भने दोषी अत्यन्तै छिटो पत्ता लाग्ने जनाएको छ । संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल, महासचिव महामुनीश्वर आचार्य र कञ्चनपुरका शाखाका सभापति त्रिभुवन कुमार भट्टको संयुक्त टोलीले उक्त प्रतिवेदन तयार परेको हो ।

आयोगका तीनै जना पदाधिकारीले स्थलगत अनुगमन गर्दै सरोकारवालसँग संक्षिप्त बयान लिएको थियो । संगठनले निर्मला पन्तको न्यायका लागि कार्यरत चालिस भन्दा बढी नागरिक समाजका व्यक्तित्वका साथै स्थानिय बासिन्दासँग गहन छलफल गरेको थियो ।
(विस्तृत संगठनद्वारा सार्वजनिक प्रतिवेदन हेर्नुहोस्)

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.