म प्रहरी अनि तपाईं आम नागरिक

रिपोर्ट नेपाल | 2023 Sep 01 | 06:55 pm 14501

कविता – चन्द्रकला भट्टराई

म प्रहरी अनि तपाईं आम नागरिक
तपाईलाई आएको चाडपर्व हाम्रो चाडपर्व होईन
तपाईंहरू बर्षको एकपटक आउने चाड हो भनि
रमाई रमाई परीवारसँग भेटघाट गर्नु हुन्छ
अनि म प्रहरी तपाईकै सुरक्षाको लागि
अरुबेला भन्दा बढि डिउटी चोक चोक
अनि गल्ली गल्लिमा खटिन्छु तपाइकै सुरक्षाको लागि।।

म प्रहरी कहिले बिरामी नभए हुने थियो
तर विभिन्न कुरा नमिलेर बिरामी हुँदा
बिरामीको पिडा त छुट्टै छ अर्को तर्फ जागिरको चिन्ता
के गर्ने कसरी मिलाउने भन्ने चिन्ता किनकी म प्रहरी हुँ।।

तपाईं नागरिक बिरामी हुँदा परिवारको साथ
आमा बुबाको प्यारो काख अनि माया
के खाने आराम मिल्यो अस्पताल जाने भन्दै
अनि म त प्रहरी हुँ खटिएको डिउटी राम्रोसँग निर्वाह गर्नु छ।।

आन्दोलनमा डिउटिमा खटिन्छु अनि
त्यहि आन्दोलनमा तिमी मलाई नै ताकेर हान्छौ
म सकेसम्म तर्किन्छु छेकिन्छु तर
केहिले छेक्दैन लाग्छ चोट तिमी खुसी हुन्छौ रमाउछौ
अनि म त्यहि पीडा सँगै पुन: तिम्रै सुरक्षाको लागि खटिन्छु
प्रहरीको निर्जिब शरीर भए राम्रो हुने थियो
किनकी चोट नि नलाग्ने अनि भोक बिरामि पनि
सबै कुरा लाग्छ तर देखाउन मिल्दैन किनकी म प्रहरी हुँ ।।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.