‘म गएँ, कसैलाई आरोप नलगाउनु’ भन्दै प्रहरीले आफैलाई गोली हानी गरे आत्महत्या

रिपोर्ट नेपाल | 2018 Sep 23 | 06:12 pm 2553

स्याङ्जा, असोज ७ : जिल्ला कारागार स्याङ्जामा कार्यरत प्रहरी जवान जितेन्द्र थापा मगरले आफैले गोली हानेर आत्महत्या गरेका छन्। पुतलीबजार नगरपालिका- १ मा रहेको कारागारमा आइतबार साँझको ड्युटीमा खटिएका २४ वर्षीय थापाले आफैले बोकेको राइफलले आफैलाई गोली हानी हत्या गरेका हुुन् ।

प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार थापाले राइफललाई च्यापुमा अड्याएर खुट्टाले दवाएर गोली हानी आत्महत्या गरेका हुन् ।नवलपरासीस्थित त्रिबेणी गाउँपालिकाका थापाले बिहान ४ बजे मार्कफोर राइफलले आफैलाई गोली हानेपछि घाइते भएका थापालाई थप उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा पुर्‍याएलगत्तै मृत घोषणा गरेको हो।

उनले कागतको टुक्रामा ुम गएँ, कसैलाई आरोप नलगाउनुु भनी लेखेको सुसाइट नोट समेत भेटिएको प्रहरीले जनाएको छ। आइतबार साँझ ड्युटीमा गएका थापाले किन र के कारणले आत्महत्या गरे भन्ने बारेमा अनुसन्धान सुरु गरिएको प्रहरी प्रमुख सापकोटाले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.