म्यानमारमा रोयर्टसका दुई पत्रकारलाई सात वर्षको जेल सजाय

रिपोर्ट नेपाल | 2018 Sep 03 | 12:59 pm 2056

काठमाडौं, भदौ १८: म्यानमारको उच्च अदालतले म्यानमारमा कार्यरत रोयर्टसका दुर्इ पत्रकारलार्इ जेल सजाय तोकेको छ।

अदालतले देशको गोप्य सुचना चुहाएको अभियोगमा दुई पत्रकारलाई सात वर्ष जेल सजाय तोकेको रोयर्टसले जनाएको छ। आदलतले रोयटर्समा कार्यरत पत्रकार ३२ बर्षिय वा लोनी तथा २८ बर्षिय क्यावो सोई ओलाई सात बर्षको जेल सजाय तोकेको हो। म्यानमारको उत्तरी याङगोन न्यायलयका न्यायाधीश यिलुईनको इजलासले राष्ट्रको गोप्य सुचना चुहावट गरेको अभियोगमा दोषी ठहर गदै उनीहरुलाई जेल सजाय तोकेको हो ।

“रोयटर्स पत्रकार वा लोनी तथा क्यावो सोई ओ तथा संसारका पत्रकारको लागी आजको दिन नराम्रो रुपमा लिईने छ” । रोयटर्सका प्रधान सम्पादक स्टेफन जे एडलरले विज्ञप्ती मार्फत भनेका छन ।

यो अभियोग देशको आधिकारीक गोप्य सुचना चुहाबट संम्बन्धी ऐन ३ को १ सि अन्र्तगत त्यस्तो कसुर गर्नेलाई सात बर्षको जेल सजाय हुनेछ । र यो अबधी उनीहरु पक्राउ परेको गत डिसेम्बर १२ बाट लागुहुनेछ । न्यायाधीशले मुद्धाको फैसलामा भनेका छन ।

रोयटर्स पत्रकारलाई जेलसजाय तोकिएको विषयलाई लिएर संयुत्त राष्ट्रसंघ, युरोपीयन युनियन लगायतका अन्तर्राष्ट्रिय मानबअधिकारकर्मीहरुले म्यानमार सरकारको विरोध गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.