म्यानमारमा आएको बाढीका कारण हजारौँ मानिस विस्थापित भएका छन । बाढी प्रभावितहरूलाई स्वयमसेवक तथा उद्धारकर्ताहरूले राहत तथा सहयोग उपलब्ध गराए पनि त्यो पर्याप्त नभएको सम्बद्ध अधिकारीहरुले जनाएका छन् ।
अत्यधिक वर्षापछि आएको बाढीले कारेन र मोन प्रदेश तथा बागो क्षेत्र डुवानमा परेको स्थानीय प्रहरी अधिकृतहरूको भनाईका आधारमा एजेन्सीहरुले समाचार सम्प्रृषण गरेका छन् ।
“हपा अनका झण्डै ६ हजार र म्यावाडीबाट झण्डै चार हजार जना विस्थापित भएका बताइएको छ । थाइल्याण्डसँगको सिमा क्षेत्रमा पर्ने अरु ठाउँहरूमा पनि बाढीको प्रभाव परेको समाचारमा जनाइएको छ ।
म्यानमारको समाजकल्याण मन्त्रालयले झण्डै १६ हजार जना विस्थापित भएको जनाएको छ । करेना प्रदेशको आठ ठाउँका बासिन्दा बढी प्रभावित भएको प्रहरी अधिकारीहरूको भनाई छ । मोन प्रदेश र बागो क्षेत्रका के कति जना प्रभावित भएका छन् भन्ने बारेमा भने अहिले सम्म एकिन नभएको बताइएको छ ।