म्यानमारद्वारा बालसैनिक रिहा

रिपोर्ट नेपाल | 2018 Sep 01 | 06:32 pm 2794

म्यानमार, भदौ १६: म्यानमारको सेनाले ७५ जना बाल सैनिकलाई रिहा गरेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ। चरणबद्धरुपमा बाल सैनिकलाई रिहा गर्ने क्रममा यस बर्ष पहिलो चरणमा उनीहरुलाई रिहा गरिएको समाचारमा जनाइएको छ।

म्यानमारमा अहिले कति बालसैनिक छन् भन्ने एकिन तथ्याङ्क नभएपनि झण्डै पाँच लाख बाल सैन्य लडाकू रहेको अनुमान गरिएको छ।

सन् २०१२ मा संयुक्त राष्ट्रसंघसँग भएको सम्झौताअनुसार सेनाले बालबालिका र बयस्क गरी ९२४ जनालाई रिहा गरेको राष्ट्रसंघीय निकाय युनिसेफले शुक्रबार जारी गरेको विज्ञप्तीमा जनाइएको छ।

रिहा भएका बालबालिकालाई पुर्वस्थापना कार्यक्रममार्फत् पूर्ववत् अवस्थामै पुर्याउने प्रक्रिया थालिने युनिसेफको भनाइ छ। विज्ञहरुका अनुसार बालबालिकालाई युद्धमा होमिन दबाव आउने गरेपछि बाध्य भएर उनीहरु युद्धको चेपुवामा परेका थिए।

अपहरणमा परेका बालबालिका विषेश गरेर पार्क, रेल स्टेशनलगायतका सार्वजनिक ठाउँबाट नियन्त्रणमा लगिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.