म्यानपावर सञ्चालक तामाङविरुद्ध साढे १९ करोडको करछली मुद्दा

रिपोर्ट नेपाल | 2019 Jan 05 | 09:48 am 1505

काठमाडाैं, पुस २१ :म्यानपावर व्यवसायी बलबहादुर तामाङविरुद्ध साढे १९ करोड रुपैयाँ बराबर कर छली गरेको मुद्दा दायर भएको छ। वैदेशिक रोजगारीमा जानेहरूमाथि अवैध रकम असुली गरी कर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले स्काई ओभरसिज सर्भिसेसका सञ्चालक तामाङविरुद्ध मुद्दा दायर गरेको हो ।

वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्वअध्यक्षसमेत रहेका तामाङविरुद्ध बिगो र जरिवानासहित १९ करोड ५७ लाख ४३ हजार ५ सय ७२ रुपैयाँ र ३ वर्ष कैद सजाय माग गर्दै शुक्रवार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

विभागका अनुसार तामाङले वैदेशिक रोजगारीमा कामदार पठाए बापत विदेशी कम्पनीबाट प्राप्त भएको रकम कम्पनीको आयमा समावेश नगरी आयकर छली गरेको छ। प्रारम्भिक अनुसन्धानबाट तामाङले लगातार सात वर्ष आयकर छली गरेको खुलेको छ।

विभागले वैदेशिक रोजगारीको क्षेत्रमा पहिलो पटक अनुसन्धान अगाडि बढाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.