म्यानचेस्टर गोली काण्डमा १० घाइते

रिपोर्ट नेपाल | 2018 Aug 13 | 09:01 am 3202

लण्डन, साउन २८: बेलायती शहर म्यानचेस्टरमा भएको गोली काण्डमा कम्तीमा १० जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्। स्थानीय समयअनुसार आइतबार (बिहान २:३० बजे) मोससाइड क्षेत्रको क्लेयरमाउन्ट रोडमा चलेको गोली लागी उनीहरू घाइते भएको ग्रेटर म्यानचेस्टर प्रहरीले बताएको छ।

गुप्तचर प्रहरी निरीक्षक डेवी डुलीले भने, “हामीले अहिले केही स्थानीयहरूलाई घाइते अवस्थामा अस्पतालमा भेटेका छौँ। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको र उहाँहरूको उपचार भइरहेको छ । सबै घाइतेको अवस्था खतरामुक्त रहेको छ।”

उहाँले घटनालाई खतरनाक आक्रमणको सज्ञा दिँदै अधिकारीहरूले घटना कहाँ भएको र यसका दोषीहरूबारे अनुसन्धान गरिरहेको बताए।

डुलीले भने, “घटनामा दोषी रहेको आशङ्कामा क्यारेवियाली व्यक्तिलाई पक्राउ गरिएको तर घटनाको केहीघण्टा पहिले उसलाई छोडिएको थियो । त्यसैले त्यहाँ त्यस किसिमका केही मानिसहरूको समूह हुनसक्छन् ।”-एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.