म्याद नाघेका सामानमा रिलेबलिङ

रिपोर्ट नेपाल | 2021 Aug 25 | 08:10 am 2493

काठमाडाैं, भदाै ९ः म्याद नाघेका खाद्य सामग्रीमा रिलेबलिङ गर्दै बेच्ने अखडा नेपाल भेन्चरमा सिल गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले मंगलबार बालाजुमा रहेको सो कम्पनीमा छापा मारी रिलेबलिङ गर्ने मेशिनसमेत जफत गरेको छ ।
विभागका प्रवत्ता शिवराज सेढाईले म्याद नाघेका खाद्य वस्तुमा रिलेबलिङ गर्दैै गरेको फेला परेपछि प्रबन्धक सुवास खड्कालाई पक्राउ गरी पसल सिल गरिएको जानकारी दिए । अधिकतम खुद्रा मूल्य (एमआरपी) छोपेर मनपरी आफ्नो तरिकाले मूल्य राखेको पाइएको उनले बताए । कम्पनीका सञ्चालक प्रभाव देव फरार छन् ।

कम्पनीले बिस्कुट, चक्लेट, पास्ता, सावुदाना लगायतका विभिन्न किसिमका म्याद गुज्रिएका खाद्य वस्तुमा नयाँ मिति राखेर बिक्री गर्दै आएको विभागका प्रवक्ता सेढाईंले जानकारी दिए । कम्पनीले भारतबाट म्याद गुज्रिएका खाद्य सामग्री नेपालमा ल्याउने र त्यसमा नयाँ मिति राखेर बजारमा पठाउने गर्दै आएको सूचनाका आधारमा विभागका कर्मचारी र प्रहरी टोली गोदाममा पुगेका थिए । म्याद नाघेको खाद्य सामग्रीमा नयाँ लेबलिङ गर्दै गरेको ठाउँमा सिल गरेको विभागले जानकारी दिएको छ ।

विभाग र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बालाजुस्थित नेपाल एक्सपोर्ट स्टोरमा छापा मारेको हो । विभागका अनुसार उक्त कम्पनीले लामो समयदेखि खान अयोग्य खाद्य वस्तुहरुलाई नयाँ मिति राखेर बजारमा पठाउने गरेको थियो । निषेधाज्ञाका बेला म्याद नाघेका सामानलाई व्यवसायीलाई पुनः रिलेबलिङ गरेर बजारमा पठाउने गरेको अनुगमनका क्रममा फेला परेको छ । काराेबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.