म्याच फिक्सिङको आरोप लागेका पूर्व कप्तानसहित पाँचै खेलाडीलाई सफाई

रिपोर्ट नेपाल | 2018 Jun 07 | 02:30 pm 3761

काठमाडौं २४ जेठ : म्याच फिक्सिङको आरोप लागेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापासहित पाँचैजना खेलाडीले सफाई पाएका छन् । विशेष अदालतले बिहीबार पाँचै जनालाई राज्यविरुद्धको अपराधका मुद्दामा सफाइ दिएको हो ।

सफाई पाउनेमा पूर्व कप्तान सागर थापा, प्रशिक्षक अञ्जन केसी, खेलाडीहरु सन्दीप राई, विकस सिहं क्षेत्रि र रितेश थापा छन् । राष्ट्रिय टोलीबाट खेल्दा अन्तर्राष्ट्रिय खेलमा म्याच फिक्सिङ ९खेल मिलेमतो० गरेको निष्कर्ष निकाल्दै प्रहरीले पाँच जनाविरुद्ध जन्मकैदको माग गर्दै विशेष अदालतमा २०७२ कात्तिकमा मद्दा दायर गरेको थियो । यद्दपी उनीहरुलाई फिफाले भने आजीविन खेलमा प्रतिबन्ध लगाएको छ ।

नेपालमा म्याच फिक्सिङका विषयमा कानुन नभएका कारण उनीहरुलाई राज्यविरुद्धको अपराधमा मुद्दा दायर गरिएको थियो । पाँच मध्ये अन्जन केसी भने बेटिङ अभियोगमा अहिले पनि थुनामा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.