म्याग्‍दीमा आठ सिँचाइ योजना निर्माण

रिपोर्ट नेपाल | 2018 Aug 21 | 09:23 am 2711

म्याग्दी, भदौ ५: आर्थिक वर्ष २०७४-७५ मा जिल्लामा आठ सिँचाइ योजना निर्माण सम्पन्‍न भएको छ ।

दुई करोड ७६ लाख ५४ हजारको लागतमा निर्माण भएका योजनाबाट १६८ हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको छ। योजनाबाट दुई हजार नौ सय घरधुरी लाभान्वित भएका सिँचाइ विकास सवडिभिजन कार्यालयका सवइञ्जिनियर बिमल विश्वकर्माले जानकारी दिए। दुई हजार नौं सय घरधुरी लाभान्वित भएका सिँचाइ विकास सवडिभिजन कार्यालय बेनीले जनाएको छ। रु दुई करोड ७६ लाख ५४ हजारको लागतमा योजना निर्माण गरिएको हो।

यस्तै मङ्गला गाउँपालिका–५ पिपलबोट र सेराफाँटको ४५ हेक्टरमा सिँचाइ गर्ने उद्देश्यले निर्माण शुरु गरेको पिपलबोट-सेरफाँट सिँचाइ योजनाको ८० प्रतिशत काम सकिएको छ । ६८ लाख ८५ हजार लागतमा ठेक्का सम्झौता भएको सो योजना यसै वर्ष सम्पन्न गर्ने लक्ष्य छ । रु ३९ लाख ३३ हजारमा मालिका गाउँपालिका–६ मा निर्माण भएको दुखुबेँशी सिँचाइ योजनाबाट २५ हेक्टरमा सिँचाइ सुविधा पुगेको छ ।

यस्तै मङ्गला गाउँपालिका–२ सिमलचौरमा निर्माण भएको नेवारेखोला सिँचाइ योजनाबाट २५ हेक्टर, मङ्गला गाउँपालिका–१ कुहुँको घट्टेखोला सिँचाइ योजनाबाट १५, बेनी नगरपालिका–५ पुलाचौरको पानीपँधेरा सिँचाइ योजनाबाट २२, धादिखेत थाकन मुलबारी सिँचाइ योजनाबाट १९, भुनेफाँट सिँचाइ योजनाबाट १० तथा चनौटे पोखरी सिँचाइ योजनाबाट सात हेक्टर जमीनमा सिँचाइ सुविधा पुगेको कार्यालयले जनाएको छ।

दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफल रहेको म्याग्दीमा ३० हजार ८५६ हेक्टर खेतीयोग्य जमीन छ । बाइस प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा उपलब्ध छ । चालू आवका लागि १३ योजनाको विस्तृत सर्वेक्षण गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.