म्याग्दी प्रहरीबाट ज्यान मुद्दाका ५ फरार पक्राउ

रिपोर्ट नेपाल | 2020 Sep 02 | 04:01 pm 1788

म्याग्दी, भदौ १७ः जिल्ला प्रहरी कार्यालय म्याग्दीले कर्तव्य ज्यान मुद्दाका फरार ५ अभियुक्तलाई एकैदिन पक्राउ गरेको छ ।

अभियुक्तहरुले २०६६ फागुन ११ गते म्याग्दी ओखरबोट ३ चिउरीबोट भन्ने स्थानमा महाशिव रात्रीको अवसरमा दार्जिङखोला युवा क्लव ओखरबोटले आयोजना गरेको भलिबल खेल हारेपछि बागलुङ तमान गाविस वडा नं. ८ बस्ने बर्ष २१ को नारायण छन्त्याललाई कर्तब्य गरी मारेको अपराध सम्बन्धमा जिल्ला अदालत म्याग्दीबाट २० बर्ष कैदको फैसला सुनाइएकोमा अभियुक्त फरार भएका थिए ।

अभियुक्तहरु बलमान घर्ती, तिर्थेन्द्र घर्ती मगर, जिवन घर्ती मगर दुर्गा बहादुर घर्ती र दलप्रसालद पुन पक्राउ भएका हुन् ।
अभियुक्त मध्ये दलप्रसाद पुन नावालक भएकोले उनलाई अदालतले आधा सजाय तोकेको छ ।

अभियुक्तहरुलाई विशेष सुराकीको आधारमा कास्की जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको डिएसपी किरण कुँवरले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.