म्याग्दीमा पहिरोले घर पुरिदाँ दुई जनाको मृत्यु, तीन वेपत्ता

| 2022 Aug 02 | 08:49 am 1841

म्याग्दी, साउन १७ः म्याग्दीको मालिका गाउँपालिका २ रुम गाउँको हल्लेपानीमा गयराती पहिरोले घर पुरिदा दुई जनाको मृत्यु हुनुका साथै तिनजना वेपत्ता भएका छन् । घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

पहिरोमा परेर घरमुली घाम बहादुर विक, उनको श्रीमति र सात वर्षीया छोरी वेपत्ता भएको उनले बताए । स्थानीयवासीहरुले पुरिएको घरबाट दुईजनाको सव निकालेको र वेपत्ता भएकाहरुको खोजी भइरहेको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरीको टोली घटनास्थल तर्फ हिडिसकेको प्रनाउ भारतीले जानकारी दिए । उनका अनुसार पहिरोले दुईवटा घर र एक गोठ पनि पुरेको र दुईजना घाईते भएको उनले जानकारी दिए । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.