म्याग्दीमा दुई विप्लव कार्यकर्ता पक्राउ

रिपोर्ट नेपाल | 2019 Jul 23 | 01:03 pm 1717

म्याग्दी, साउन ७: सरकारद्वारा प्रतिबन्धीत नेत्रविक्रम चन्द नेतृत्वका (विप्लव) पार्टीको म्याग्दी जिल्ला इञ्चार्ज र सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला इन्‍चार्ज नकाल क्षेत्री (विकिरण) र सेक्रेटरी बाबुलाल शाक्यला बेनी नगरपालिका-३ नयाँपुलबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरी कार्यालयले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासीनीले  दिएकाे जानकारी अनुसार विशेष सुराकीको आधारमा ग्रामिण क्षेत्रतर्फ जाँदै गरेका उनीहरुलाई पक्राउ गरिएको जनाए । ४२ वर्षीय क्षेत्री रुकुमको सानीभेरी गाउँपालिका-२ र ४८ वर्षीय शाक्य बागलुङ नगरपालिका-३ का हुन्।

उनीहरुको साथबाट ध १ प २१७० न को यामाहा मोटरसाइकल र तीन थान मोबाइल सेट बरामद भएको प्रहरीले जनाएको छ। दुवैमाथि स्थानीय तहका पदाधीकारी, व्यापारी तथा कर्मचारीलाई धम्काई जबरजस्ति चन्दा असुलि गरेको, म्याग्दीमा रहेका ५ वटा एनसेलको टावरमा आगजनी गराएको आरोप छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.