मौसमको जानकारी दिने बेलुन उडाइयो

रिपोर्ट नेपाल | 2018 Jun 20 | 04:24 pm 3633

काठमाडौँ, असार ६ : मौसमको यथार्थ सूचना अध्यावधिक गर्न नेपाली आकाशमा बेलुन उड्ने उडाइएको छ । बुधबार
मौसमी गतिविधि थाहा पाउन जल  मौतथासम विज्ञान विभागले पहिलोपटक ‘वेदर बेलुन’ अर्थात् रेडियो सोन्ड उडाएको हो ।

त्रिविको जल तथा मौसम केन्द्रीय विभागसंगको सहकार्यमा सुरु गरिएको उक्त कार्यक्रम विभागका महानिर्देशक डा।ऋषीराम शर्मा र त्रिविका रजिस्टार डिल्लीराम उप्रेतीले शुभारम्भ गरेका थिए ।

वायुको चाप, दिशा र गति, तापक्रम, बादलको अवस्था, जलवाष्पयुक्त हावा जस्ता पक्षको यथार्थ सूचना अद्यावधिक गर्न बुधबार बिहान ५ बजेर ३७ मिनेटमा त्रिविको ग्राउण्डबाट उडाइएको बेलुन १९ हजार मिटर उचाईसम्म पुगेको थियो। विभागका महानिर्देशक डा.ऋषीराम शर्माका अनुसार उक्त बेलुन ८ बजेर १५ मिनेटमा सुन्दरीजल आसपासमा खसेको थियो।

बेलुनले दिएको तथ्यांकलाई तल बसेका प्राविधिकले कम्प्युटरमा डाउनलोड गरेर मौसमी अवस्थाबारे विश्लेषण गर्नेछन्। शर्माका अनुसार उड्दा ६ मिटर प्रति सेकेन्डका दरले र झर्दा ३ मिटर प्रति सेकेन्डका दरले खसेको थियो।

अब हरेक दिन बिहान बेलुन उडाइनेछ। २ वर्षे यो कार्य क्रममा ४ करोड रुपैयाँ खर्च हुनेछ। हरेक दिन बेलुन फुट्ने भएकाले दैनिक डेढ सयदेखि दुई सय अमेरिकी डलरसम्म खर्च हुनेछ। ‘हरेक १०र१० सेकेन्डमा बेलुनले दिने तथ्यांकले उच्च वायुमण्डलको अवस्था बुझ्न सकिनेछ र मौसमको पूर्वानुमान गर्न हामीलाई सहयोग पुग्नेछ’, शर्माले भने। यसले मौसमी प्रक्षपण थप प्रभावकारी र वैज्ञानिक हुने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.