महेश सिंह सिरहा, चैत ११ः जन युद्ध लडेका नेता राम परिक्षण महतो अहिले गाउँ मै सिमित रहेका छन् । २०६२/ २०६३ सालमा ज्यान जोखिममा राखेर बन्दुक उठाएका नेता महतो अहिले गाउँकै राजनीतिमा सिमित रहेका छन् ।
उनले देशमा जहानीयाहरुको बिगबिगी निकै नै फस्टाएको बताए। देशमा गरिब असहाय र पीडितहरुलाई शाेषण गर्ने गरेका जमिनदार शाशन र जमिनदारी प्राथालाई माओवादी केन्द्रले तत्कालिन उनमुलन गरेका बताए।
देशमा परिवर्तन ल्याउन निकै नै संघर्ष गर्नु परेको उनले बताए । कमरेड महतोका अनुसार पार्टी स्थापीत र देश संघीयतामा गई सकेपछी देश परिवर्तन तिर उन्मुख भएको नेता महतोले बताए।
देशमा पुनः जमिन्दारहरुको बिगबिगी बडेको देखिन्छ । पार्टी स्थापित भएसंगै पार्टी सरकारमा जान लाग्दा ठूला-ठूला नेताहरुले पद लिनमा लिप्त रहेको उनले बताए । देशमा राजनीति खौला बौला भएको बताए। उनले सम्पुर्ण नेकपा पार्टीका राजनीतिकर्मि साथीहरूमा आउदै गरेको होली पर्वको शुभकामना समेत दिएका छन् ।