मोरङ दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

रिपोर्ट नेपाल | 2024 Mar 04 | 08:13 am 917

काठमाडौँ, फागुन २१। मोरङमा भएको सडक दुर्घटनामा मृतकको संख्या तीन जना पुगेको छ ।

शुक्रबार बिहान मोरङको बेलबारी नगरपालिका-३ पुरानो मालपोतअगाडि प्रदेश १ख ९६७६ नम्बरक टिपरले मे१ज २८५६ नम्बरको बोलेरो जिपलाई ठक्कर दिँदा त्यसमा सवार तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनाबाट बोलेरोमा सवार कमल गाउँपालिका-२ झापाका ५२ वर्षीय यदुकान्त भट्टराई, सोही ठाउँका ४४ वर्षीया गीता खनाल र पाँचथर कुम्मायकका ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको छ ।

सोही ठाउँका ४८ वर्षीया गायत्री भट्टराई र ४६ वर्षीय हरी खनाल गम्भीर घाइते छन् । उनीहरुको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

(घटना र विचारबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.