मोबाइल एयरब्याग, फुट्नबाट सुरक्षित राख्‍न सकिने

रिपोर्ट नेपाल | 2018 Jul 15 | 11:18 am 3185

जर्मनी, असार ३१: कार दुर्घटना भए त्यसमा यात्रुलाई सुरक्षित राख्ने एयरब्याग प्रयोग गरिन्छ । यस्तै प्रकारको एयरब्याग अब मोबाइलमा पनि प्रयोग हुने भएको छ । जर्मनीको एलेन युनिभर्सिटीका विद्यार्थी फिलिप फ्रेन्जेल तथा उनका साथी पिटर मेयरले उक्त एयरब्याग निर्माण गरेका हुन् ।

उनीहरूले यसका लागि जर्मनीको म्याकट्रोनिक्स सोसाइटीबाट पुरस्कारसमेत प्राप्त गरेका छन् । यो मोबाइल एयरब्याग वास्तवमा एक प्रकारको इन्टेलिजेन्ट केस हो । उक्त केसमा स्प्रिङयुक्त ८ वटा आर्म हुन्छन् । कुनै प्रकारले स्मार्टफोन भुइँमा खसे ती आर्म बाहिर निस्कन्छन् र मोबाइललाई फुट्नबाट जोगाउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.