मोदीले अफर गर्दै भने- ‘भारत काँधमा काँध मिलाएर अगाडि बढ्न तयार छ’

| 2018 Aug 30 | 06:02 pm 2312

काठमाडौँ, भदौ १४ :  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सदस्य देशहरूका लागि विभिन्न प्रस्ताव अघि सारेका छन् ।  काठमाडौंमा बिहिवार चौथो बिमस्टेक शिखर सम्मेलनलार्इ सम्बोधनकाे क्रममा बिमस्टेक सदस्य राष्ट्रहरूबीच ‘कनेक्टिभिटी’ सबैभन्दा महत्त्वपूर्ण कुरा भएको बताउदैँ विभिन्न प्रस्ताव अघि सारेका हुन् ।

उनले  पुरानै शैलीमा छिमेकी देशसँग काँधमा काँध मिलाएर हिँड्न भारत तयार रहेको समेत बताए । उनले भने, ‘बिम्स्टेकको सम्मेलन आयोजना गर्नुभएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली जनतामा धन्यवाद दिन चहान्छु ।, मोदीले थपे, ‘प्रधानमन्त्री ओलीसहित भारत काँधमा काँध मिलाएर हिँड्न तयार छ ।’

उत्तरमा हिमालयदेखि दक्षिणमा बंगालको खाडी तथा हिन्द महासागरसम्म फैलिएका बिमस्टेक सदस्यहरू सबै विकासशील राष्ट्र रहेको भन्दै उनले आ-आफ्नो देशमा शान्ति, सुरक्षा र खुशी सबैको प्रमुख एजेन्डा भएको बताए । ‘यो क्षेत्रको विकास हामी सबैको लागि जरुरी छ । सबैभन्दा ठुलो कुरा कनेक्टिभीट हो । पिपुल टु पिपुल कनेक्टिभिटी अझै महत्वपूर्ण हो’। मोदीले भने, ‘हामीबीच सम्पर्क बढाउनका लागि विभिन्न क्षेत्रमा सहकार्य जरुरी छ । हामी सबै देश क्लाइमेट चेन्जको संकटसँग जुधिरहेका छौँ । डिजिटल कनेक्टिभीटिमा पनि हामीले मिलेर काम गर्नुछ ।’

आगामी महिना भारतमा संयुक्त सैन्य अभ्यास, जलवायु परिवर्तनको असरसँग लड्न जलवायु परिवर्तनसम्बन्धी सम्मेलन, अन्तर्राष्ट्रिय बुद्धिस्ट सम्मेलन, भारतका विभिन्न विश्वविद्यालयमा सदस्य राष्ट्रका लागि छात्रवृत्ति, ऐतिहासिक र सांस्कृतिक सम्पदा पुनरोत्थानका लागि सहयोग, महिला सांसदहरूका लागि विशेष फोरम स्थापना लगायतका अफर मोदीले गरे ।

उनले यस क्षेत्रका सातवटै देशहरु विकासशिल देश भएकोले सबैको प्राथमिकता शान्ति, समृद्धि र विकास भएको उल्लेख गरे। डिजिटल कनेक्टीभिटी, सडक, हवार्इ, रेलमार्ग, जलमार्ग र पिपुल टु पिपुल कनेक्टिभिटिमा जोड दिनुपर्ने मोदीको तर्क छ।

देशमा हुने महिला हिंसा तथा लागुपर्दार्थ दुर्व्यसनीका विषयमा साझा कानुन निर्माण गरी यस क्षेत्रमा देखिएका समस्यालार्इ निराकरण गर्ने यस्तो सम्मेलन सहयोगी हुने बताए। उनले भने, ‘बंगालको खाडी देशमा कही पनि नसालु पदार्थको तस्करी तथा ओसारपसार र महिला हिंसा हुनुमा कुनै एक देशको कानुन कमजोर भएर मात्र होइन्। यसका निराकरणका लागि साझा प्रयास आवश्यक छ।’

उनले बिमस्टेकको चौथो शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेकोमा नेपाल सरकार र प्रधानमन्त्री ओलीलाई विशेष धन्यवाद दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.