काठमाडौं, असार २४ः प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको आँखाको शल्यक्रिया गरिएको छ।
सभामुख सापकोटाको दायाँ आँखामा मोतियाबिन्दु देखिएपछि शल्यक्रिया गरिएको प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।
वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको टोलीले बुधबार बिहाना तिलगंगा आँखा अस्पतालमा सभामुख सापकोटाको शल्यक्रिया गरेको न्यौपानेले बताए ।
शल्यक्रियाको लागि लागेको खर्च सभामुख स्वयमले नै व्यहोर्ने जनाईएको छ।