मोटसराइकल दुर्घटना हुँदा कञ्चनपुरमा दुईको मृत्यु

रिपोर्ट नेपाल | 2020 Mar 13 | 10:44 am 2332

कञ्चनपुर, फागुन ३०: बिहीबार राति भीमदत्त नगरपालिका–२, भाँसीदेखि ब्रह्मदेव बजार जोड्ने लिंक रोडमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–७ का सुरज धामी र दिनेश चन्द रहेका छन् ।

म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका सुरजको महाकाली अस्पताल र दिनेशलाई धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.