खाेटाङ, पुस ९ः मोटरसाईकल दुर्घटनामा मालपोत कार्यालय खोटाङमा कार्यरत नासु हरिलाल राईको मृत्यु भएको छ। बुधबार साँझ लहानमा काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको बसको ठक्करबाट नासु राईको मृत्यु भएको हो।
बसको ठक्करबाट राईसँगै यात्रा गरिरहेका अर्का एक जना घाइते भएको बताइएको छ। कार्यालयसँग सम्वन्धित दुई दिने गोष्ठीका सिलसिलामा उदयपुरको गाईघाट पुगेर लहान हुँदै फर्कनेक्रममा नासु राई दुर्घटनामा परेका हुन्।
नेपाल निजामती कर्मचारी संगठनका सदस्य रहेका राईको मृत्युमा नेपाल निजामती कर्मचारी संगठन खोटाङका अध्यक्ष मोहन भट्टराईले दुःख व्यक्त गरेका छन्। नासु राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले निवासी हुन्। नागरिक दैनिकबाट