मोटरसाईकल चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2020 Oct 01 | 08:38 pm 2198

दाङ, असोज १५ः मोटरसाईकल चोरी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपािलका १६ का २२ वर्षीय अज्ञात पन्थी रहेका छन् ।

उनलाई दांङ जिल्ला अदालतवाट २०७ कात्तिक १९ गते मोटरसाईकल चोरी मुद्दामा फैसला भई १ मिहना कैद र ३० हजार जरिवाना तोकेको थियो ।

फैसला पश्चात हाल सम्म फरार रहेका पन्थीलाई खोजतलास गर्दै जाँदा आज बिहीबार दिउँसो घोराही उपमहानगरपािलका ३ सर्रामा लिुकिछपी हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।

पक्राउ गरी अभियुक्तलाई आजै सम्मानित दाङ देउखुरी  जिल्ला अदालतमा बुझाईएको दाङ प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.