मोटरसाईकलको ट्याङ्किभित्र लुकाई ल्याएकाे नगदसहित सशस्त्र प्रहरीद्वारा एक पक्राउ

रिपोर्ट नेपाल | 2022 Dec 14 | 03:56 pm 1177

धनुषा, मंसिर २८ः मोटरसाईकलको ट्याङ्किभित्र लुकाई छिपाई ल्याउँदै गरेको २४ लाख १७ हजार नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले मंगलबार भारत घर बताउने २३ वर्षिय उमेश कुमारलाई नियन्त्रणमा लिएको छ ।

धनुषा जिल्लाको बिदेह नगरपालिका ९ ईटहर्वा स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले उनलाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटरसाईकलमा उल्लेखित रुपैयाँ फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका कुमारलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषा र बरामद रुपैयाँ तथा मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.