मोटरसाइकल र बस एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु

रिपोर्ट नेपाल | 2018 Oct 11 | 06:22 pm 4550

कैलाली, असोज २५ :  कैलालीमा मोटरसाइकल र बस एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको छ ।

दुर्घटनामा गोदावरीका हेमन्त साउद र विक्रम खड्काको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुलाई उपचारका लागि भारततर्फ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको छ ।

ना ५ ख ९०४९ को बस र से ५ प ७५३६ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुबै जना घाइते भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.