मोटरसाइकल रुखमा ठोकिँदा दुई जनाको मृत्यु

| 2022 Aug 03 | 01:56 pm 1297

कपिलवस्तु, साउन १८ः कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा गुडिरहेको मोटरसाइकल रुखमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नगरपालिकाको वडा नं २ निवासी वर्ष २५ का रमेश विक र सोही स्थानका वर्ष २७ का गोपाल विक रहेका छन् ।

इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबाबु केसीका अनुसार  बुधबार बिहान करिब ९ बजेर १० मिनेटमा नगरपालिकाको वडा नम्बर २ मेचकुरीबाट लखन चोक जाँदै गरेको लु ६४ प ५७६२ नम्बर रुखमा ठोकिएको थियो । गुडिरहेको मोटरसाइकल अनियन्त्रित भएपछि रुखमा ठोकिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुबैजना प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय, पिपराले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.