मोटरसाइकल दुर्घटना हुँदा उदयपुरमा, एकको मृत्यु एक घाइते

रिपोर्ट नेपाल | 2019 Nov 22 | 06:41 pm 4388

उदयपुर, मंसिर ६: मोटरसाइकल दुर्घटनामा परी शुक्रबार उदयपुरमा एकजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

मृत्यु हुनेमा सुनसरीको कालाबन्जर गाउँपालिका ३ का २३ वर्षीय दिपक विक रहेको छ साथै घाइते हुने उनकै दाजु २५ वर्षीय रमेश विक घाइते भएको प्रहरीले जानकारी दिए।

उक्त दुर्घटना मदन भण्डारी लोकमार्गअन्तरगत चौदण्डीगढी नगरपालिका ९ भिमास्थित सडकमा भएको प्रहरीले जनाए ।

शुक्रबार मध्यान्ह १२ बजे को ४ प ३८३६ नं को मोटरसाइकल सुनसरीबाट बेलटार गाईघाटतर्फ आउँदै गर्दा अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएर दुर्घटना भएका थिए ।

गम्भीर घाइते उनीहरुको उद्धार गरी स्वास्थ्य चौकी बेलटारमा उपचारको क्रममा भाई दिपकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलटारले जानकारी दिए ।

घाइते रमेशलाई थप उपचारका लागि अन्यत्र लगिएको छ भने मृतकको शव पोष्टमार्टमका लागि स्वास्थ्यचौकीमै राखेर आफन्तलाई बोलाइएको प्रहरीले जनाए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.