मोटरसाइकल दुर्घटना हुँदा बसले ठक्कर दिएर एकको मृत्यु

रिपोर्ट नेपाल | 2019 Mar 07 | 02:09 pm 3546

भक्तपुर, फागुन २३ : मध्यपुर थिमी नगरपालिका–२ सानोठिमी वन कार्यालय ओरालोमा आज (बिहिबार) दुई वटा मोटरसाइकल एकापसमा ठोकिएर लड्दा विपरीत दिशातर्फबाट आएको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

भक्तपुरको पेप्सीकोलाबाट सानोठिमीतर्फ आउँदै गरेको बा ७४प ५५३ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आएको प्रदेश–३–०२–००२ प ६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकसहित मोटरसाइकल सडकमा लड्दा विपरीत दिशातर्फबाट आउँदै गरेको बा २ ख ४८६८ नम्बरको बसले समेत ठक्कर दिँदा प्रदेश ३–०२–००२ प ६३ नम्बरको मोटरसाइकल चालक काभ्रे देउपुर–३ घर भई हाल मध्यपुर–९ बोडे बस्ने २४ वर्षीय सन्तोष राईको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक सुशील पाण्डेले जानकारी दिए ।

प्रहरीले सवारी साधनसहित मोटरसाइकल चालक काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला बस्ने २४ वर्षीय अरुणकुमार श्रेष्ठ र बस चालक सिन्धुपाल्चोक बलेफी–३ घर भई हाल पुरानो थिमी बस्ने २४ वर्षीय ताराबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.