मोटरसाइकल दुर्घटना हुँदा गुल्मीमा खत्रीकाे मृत्यु

रिपोर्ट नेपाल | 2021 Apr 10 | 08:03 am 3077

गुल्मी, चैत २८: मोटरसाइकल दुर्घटनामा परी गुल्मीदरबार गाउँपालिकामा एक पुरूषको मृत्यु भएको छ। मृत्यु हुनेमा गुल्मीदरबार-७ का ४५ वर्षीय रामबहादुर खत्री रहेका छन् ।

उनकाे गएराति गौडाकोटबाट चारपालातर्फ जाँदै गरेको लु २३ प ५०६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका खत्रीलाई उपचारका लागि गुल्मी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।

खत्रीको शव जिल्ला अस्पताल गुल्मीमा राखिएको र पोष्टमार्टम गर्ने प्रक्रियामा रहेको प्रहरीले जनाएको छ।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.