मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

रिपोर्ट नेपाल | 2020 Jul 11 | 09:43 am 1965

बुटवल, असार २७ः रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ शंकरपुर चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिद्वार्थ नगरपालिका–१ बेलहियाका २३ वर्षीय संयोग शेर्पा रहेका छन् ।

बुटवलबाट भैरहवा जाँदै गरेको ना ५ ख ७८०६ नं को ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको लु २४ प ३२५४ नं को मोटरसाइकलले शंकरपुरचोकमा ओभरटेक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका शेर्पाको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो ।

मृतक शेर्पा मोटरसाइकलको पछाडि बसेका व्यक्ति हुन् । मोटरसाइकल चालक बेलहियाकै २० वर्षीय मुकुल लामाको अवस्था गम्भीर छ । उनको टाउकोमा चोट लागेको छ ।

ट्रक चालक बारा जितपुरका २६ वर्षीय सुरज प्रताप सर्राफ र ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.